CCVI फाराम वितरण तथा संकलन सम्बन्धि सूचना ।

HRD Service of Korea बाट प्राप्त यसैसाथ संलग्न नामावली सूचिमा नाम भएका व्यक्तिहरुले CCVI  फाराम भर्ने सम्बन्धमा देहायका कागजातहरु सहित कार्यालय समयमा स्वयं उपस्थित भई CCVI फाराम भरी यस कार्यालयमा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

आवश्यक कागजातहरु:- राहदानीको सक्कल र प्रतिलिपि -चार थान, नागरिकताको प्रतिलिपि- १ थान,    आचरण सम्बन्धि प्रहरी प्रतिवेदन -सक्कल प्रति,   क्षयरोग परिक्षण प्रतिवेदन (सक्कल प्रति)- Job Application को समयमा स्वास्थ्य परिक्षण गरेको अस्पतालमा जानु हुन ।,    रु. ७२००/- (अक्षरेपी रु. सात हजार दुई सय रुपैयाँ मात्र) को.ले. नि.का. ललितपुरको नाममा नेपाल बैंक लि. गावहाल, खाता नं. ०१८०१०००००२००६०००००१ मा जम्मा गरेको सक्कल भौचर । -कार्यालय कोड नं. मा ३७१०२३४०१ उल्लेख गर्नुहोला ) ।,     मुहार प्रष्ट देखिने हालसालै खिचेको पासपोर्ट साईज फोटो- १ थान

नोट;-  नियमित कामदार (Regular Workers) उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फका व्यक्तिहरु मध्ये सन् २०२२ को मे ०६ सम्म र कृषि तथा पशुपालन (Agriculture & Livestocks) क्षेत्र तर्फ सन् २०२२ को जुन २२ सम्म   श्रम सम्झौता (Labour Contract) Issue  भई CCVI valid  भएका सबै व्यक्तिहरुले CCVI फाराम भर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

CCVI List_Manufacturing Workers_20220809 डाउनलोड गर्नुहोस् ।

CCVI List_Agriculture & Livestocks workers_20220809 डाउनलोड गर्नुहोस् ।

 

CCVI फाराम वितरण तथा संकलन सम्बन्धि सूचना ।